काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज असार १ गतेदेखि ३ गतेसम्म भव्य रुपमा भूमे/भूम्या पर्व २०८० मनाइँदै छ ।
मगर समुदायले मनाउने यो पर्व राजधानीको टुँडीखेलमा भव्य रुपमा मनाउन लागिएको हो। नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा टुँडीखेलमा ३ दिन सम्म भूमे/भूम्या पर्व मनाउन लागिएको हो ।
विश्वभर छरिएर रहेका मगर सुदायहरुलाई आ–आफ्नो स्थानमा यस पर्वलाई भब्य रुपले मनाउन आयोजक समितिले आह्वन समेत गरेको छ ।
मगर समुदायले भूमे/भूम्या पर्वलाई प्रत्येक वर्ष असारको पहिलो साता प्रकृति पूजाको रुपमा मनाउने गर्दछन्। मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र मगरको पहिचान झल्किने पोशाकमा मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।
भूमे पर्वलाई मगर समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा लिईन्छ। अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ यो पर्व मगर समुदायले विशेष रूपमा मनाउँदै आएका छन् ।