• मंसिर ११ २०८१, मंगलवार

प्रधानमन्त्री प्रचण्डको क्रिकेट मोह !

असार २ २०८१, शनिबार

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी– २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सँगै बसेर हेरिरहेका छन् ।

प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा सँगै बसेर खेल हेरिरहेका हुन् ।

टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ ।

दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै नेपाल सामू १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।