• असार १३ २०८१, बुधबार

स्वस्थवर्धक कागतीका यति धेरै फाइदा

असार २ २०८१, शनिबार

नियमित कागतीपानी सेवन गर्नाले स्वास्थ्यमा धेरै फाइदा पुग्छ । कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ।

यसले शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रणमा राख्छ । रगत र कलेजोको कोलोस्टोललाई घटाउछ । पाचन प्रक्रिया राम्रो बनाउँछ स् कागती पानी पिउँदा आन्द्रामा देखिने विकारलाई सफा गरी पाचन प्रणालीलाई मजबुद बनाउँछ । कागती खाँदा शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । यसले गर्दा विभिन्न सङ्क्रमणबाट बचाउँछ ।

कागतीले ब्ल्डप्रेसर घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ , भोक जगाउँछ र शरीरमा स्फूर्ति बढाउँछ। यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ। दालसँग कागती प्रयोग गर्दा यसले शरीरलाई लौहतत्वको शोषण गर्न मद्दत गर्छ। सधैं कागती खाने घरमा मानिस अन्यको तुलनामा कम बिरामी हुन्छन् भन्ने मान्यता पनि छ।

कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ। कागतीले छालामा चमक ल्याउनुका साथै पेटसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ । ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ। कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ। कपालमा चाया परेको छ भने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ।

वाकवाकी लागेको समयमा कागतीको टुक्रा काटेर चाट्नाले वाकवाकी कम हुन्छ। उच्च रक्तचाप भएका बिरामीले एक चम्चा कागती एक कप पानीमा मिसाएर खाने गर्नाले राम्रो हुन्छ।

घाँटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसाएर पिउनाले बिमार निको हुन्छ। कागतीको रस पानीमा हालेर कुल्ला गर्नाले मुख गन्हाउने समस्या हट्छ। त्यस्तै मुखको घाउ र दाँतबाट रगत आउने निको हुन्छ।

पसिना गन्हाउने समस्या भएकाहरूले पानीमा दुई चम्चा कागतीको रस राखेर नुहाउने, नुहाइ सकेपछि कागतीको बोक्रा काखी र खुट्टामा दल्ने गर्दा समस्या कम हुन्छ।