• मंसिर १३ २०८१, बिहीबार

बजेटमा माओवादीकै सांसदको चर्को असन्तुष्टि, कुन सांसदले के भने ?

असार १ २०८१, शुक्रबार

काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) कै सांसदले सरकारले ल्याएको बजेटप्रति चर्को असन्तुष्टि पोखेका छन् । माओवादी केन्द्रकै नेता वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटप्रति शुक्रबारको संसद बैठकमा माओवादी केन्द्रकै सांसद उर्मिला अर्यालले असन्तुष्टि पोखेकी हुन् ।

शुक्रबारको संसद बैठकमा सांसद माझीले व्यवस्था बदले पनि नीति र नियत बदल्न नसकेको भन्दै बटेप्रतिको आफ्नो असन्तुष्टि सुरु गरेकी थिइन् । अनि उनले पहुँचका आधारमा बजेट विनियोजित गरिएको र जनताको आवश्यकतालाई उपेक्षा गरिएको टिप्पणी गरिन् ।

‘हामीले व्यवस्था बदल्यौँ । नीति र नियत हामीले बदल्न सकेनौँ । ४–५ दिनयता हामी नियमित मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा केन्द्रित छौँ,’ सांसद माझीले भनिन, ‘यो छलफल सुनिरहँदाखेरी र माननीयज्यूहरूले राखेको धारणा हेरिरहँदा यो बजेट जुन ढंकले विनियोजित भएको छ । यो पहुँचमा केन्द्रित भएर विनियोजित भयो । दूरदराजका जनताको आवश्यकतालाई केन्द्रित गरेर विनियोजित गरेन भन्ने जनताको व्यापक गुनासो आएको छ ।’

उनले हिजोका शाशकहरूले आफूलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्ने गरेको भन्दै अहिलेका शाशकहरू पनि त्यसभन्दा फरक हुन नसकेको टिप्पणी गरिन् । साथसाथै यस्तो प्रवृत्तिले अहिलेको व्यवस्थालाई सही ठाउँमा नपुर्याउने चेतावनी पनि दिइन् ।

‘व्यवस्था हिजो पनि थियो आज पनि छ । हिजोको व्यवस्थाका शासकहरूले पनि आफू केन्द्रित र आफूअनुकुल बजेट निर्माण गर्थे भने अहिलेका नयाँ मन्त्री र सरकारका निकायले पनि आफ्नो अनुकुल बजेट निर्माण गर्ने प्रक्रियाले यो व्यवस्थालाई सही ठाउँमा पुर्याउँदैन,’ सांसद माझीले संसद बैठकमा भनिन् ।

सांसद माझीले यस्तै प्रवृत्र् िरहे व्यवस्था बदलेको अर्थसमेत नरहने टिप्पणी गरिन् । अनि उनले जनताको आवश्यकतालाई मध्यनजर गरेर अघि बढ्न सरकारलाई सुझावसमेत दिइन् ।

‘त्यसले गर्दा हामीले यो व्यवस्था बदलेको अर्थ रहँदैन भन्ने मलाई लाग्छ । हामीले विगतलाई पनि अध्ययन गर्दै वर्तमानमा के गर्न सकिन्छ ? अहिलेको समयसापेक्षअनुसार जनताको आवश्यकतालाई मध्यनजर गर्दै सरकार अगाडि बढोस,’ सांसद माझीले भनिन् ।