• मंसिर १३ २०८१, बिहीबार

गर्मीका कारण मानिसहरु ढलिरहँदा प्राधिकरणले विजुली काट्यो : सांसद ज्ञवाली

जेष्ठ ३१ २०८१, बिहीबार

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले)की सांसद शोभा ज्ञवालीले तराईमा गर्मीले जनजीवन कष्टकर भएको बेलामा विद्युत प्राधिकरणले बिजुली काटेको आरोप लगाएकी छिन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद ज्ञवालीले बाँके, बर्दिया लगायतका जिल्लाहरूमा प्राधिकरणले बत्ती काटेको आरोप लगाएकी हुन् ।

‘गर्मीका कारण मानिसहरूको ज्यान गएका छन् तर विद्युत् प्राधिकरणले बर्दिया बाँकेलगायत तराईका जिल्लाहरूमा बत्ती काट्ने गरिरहेको छ।विद्यालयमा समेत बत्ती काटिँदा बालबालिकहरू बेहोस् हुने खबरहरू आएका छन्,’ उनले भने ।

लोडसेडिङका कारण सिँचाइका मोटरहरू नचलेकाले धान, गहुँ, तरकारी, फलफूलका बिरूवा सुकेर गएको पनि उनले गुनासो गरिन् । ‘किन विद्युतको समस्या बल्झिरहेको छ ? यथाशीघ्र समाधान गराउन आग्रह छ,’ उनले भनिन् ।