• मंसिर ११ २०८१, मंगलवार

झिँगाबाट कसरी मुक्त हुने

जेष्ठ ३१ २०८१, बिहीबार

झिँगाबाट मुक्त हुनको लागि यि उपायहरु अपनाउनुहोस् :

– फोहोरको थुप्रो, जमेको पानी भएको ठाउँमा सजिलै झिँगा फैलिन्छ । त्यसैले झिँगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाइ गर्नु नै हो ।

– घरमा बासी, कुहिएको, सडेको खानेकुरा राख्नु हुँदैन र सफा खानेकुरा छोपेर राख्नुपर्छ ।

– एउटा पारदर्शी पलास्टिकमा आधा पानी भरेर घरको मूलढोकामा वा भित्र पस्ने ठाउँमा, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन   हुने प्रकाशबाट पनि झिँगा भाग्छ ।

– कपासमा गन्ध भएको तेल भिजाएर भित्र-बाहिर गर्ने मूल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिँगा भगाउन सकिन्छ ।

– ढोका सधैँ बन्द गर्ने ।

– स्प्रे बोतलमा थोरै धुलो खोर्सानी पाउडर छर्किँदा पनि घरमा झिँगा आउँदैन ।