• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेनमा रुसी आक्रमणमा ६ जनाको मृत्यु, ११ घाइते

जेष्ठ ३० २०८१, बुधबार

किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित रुसी आक्रमणमा ६ जना मारिएको बुधबार बताएका छन् । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘क्रिवी रिगमा रुसी मिसाइल आक्रमण । अहिलेसम्म छ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् ।’

उनले घटनास्थलमा आपत्कालीन सेवाहरूले लिएका भिडियो फुजेट पोस्ट गरेका छन् । फुटेजमा उद्धारकर्मीहरूले भत्किएको भवनबाट धुवाँ निस्किरहेको देखाउँदै जीवितहरूलाई खोज्न भग्नावशेषमा देखाइएको छ । जेलेन्स्कीले आफ्नो पोस्टमा युक्रेनका सहयोगीहरूसँग रुसी हवाई आक्रमणबाट बच्नका लागि अत्याधुनिक हवाई बेट्रीहरूको आपूर्ति बढाउन आह्वान गरेका छन् ।