• असार १३ २०८१, बुधबार

भूमे पूजा परम्पराको बारेमा काठमाडौंमा अन्तरक्रियात्मक गोष्ठी

जेष्ठ २९ २०८१, मंगलवार

काठमाडौं । मगर प्राज्ञिक परिषदको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रकृति पूजक मगरहरुको मौलिक साँस्कृतिक चाड नाम्क (भूमे-भूम्या) को बारेमा अन्तरक्रियात्मक गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त गोष्ठीमा वरिष्ठ समाजशास्त्री बलबहादुर घर्तिमगर द्वारा ‘नाम्क : भूमी पूजाको मगर परम्परा’ शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. छबिलाल चिदिमगर र डा. भोजबिक्रम बुढामगरले टिप्पणी  थिए भने अतिथि वक्ताको रुपमा डा. कृष्ण भट्टचनले अनुसन्धानात्मक सिद्दान्त र आदिवासीय दृष्टिकोणको बारेमा विचार राखेका थिए ।

गोष्ठीमा विभिन्न संघ संस्थाबाट उपस्थित प्राज्ञिक व्याक्तिहरुबाट सहभागीतामूलक प्रतिनिधित्व गर्दै जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुननगर र अन्तराष्ट्रीय मगर महासघंका अध्यक्ष नवीन रोकामगरले गोष्ठीमा उठेका कुराहरुको संष्लेशित मन्तब्य राखेका थिए ।

गोष्ठीको अध्यक्षता प्राज्ञिक परिषदका उपकुलपति डा.श्यामु थापामगरले गरेका थिए र संचालन परिषदका सदस्य सचिव डा.विष्णु सिंजालीमगरले गरेका थिए ।