• असार १३ २०८१, बुधबार

अकबरे खुर्सानी टोकेर खाउँ है ,यस्ता छन् फाइदा

जेष्ठ २९ २०८१, मंगलवार

अकबरे खुर्सानी टोकेर खाउँ है भन्ने धेरैको धारणा हुन्छ । खुर्सानी पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । यसका बियाँमा बढी पिरोपन हुन्छ । ताजा हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट बढी पाइन्छ भने सुकेकोमा कम पाइन्छ ।

खुर्सानीको पिरो हुने तत्त्वलाई क्याप्सिसिन भनिन्छ।  नेपालको सबै भूभागमा यसको उत्पादन हुने भएता पनि पहाडी भूभागमा यसको राम्रो उत्पादन हुने गरेको पाइन्छ । अकबरे खुर्सानीलाई कतिपय ठाउँमा डल्ले खुर्सानी पनि भन्ने गरिन्छ ।

अकबरे खुर्सानी

का फाइदाहरू:

१.  नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ ।

२.  श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ ।

३. भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ

४. पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरूबाट राहत पाउन सकिन्छ ।

५. माइग्रेनको समस्या समाधानका लागि यो खुर्सानी अति उत्तम मानिन्छ।

६. अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न  मदत गर्दछ ।

७. यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वास्थ्यकर कोलेस्ट्रोललाई नियमित गराउन मद्दत गर्छ ।

८. यो खुर्सानी हालेर पकाइएको खानेकुरामा कीटाणुरहित हुन्छ ।

९.  थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ति आउँछ ।

१०. यसले पिसाब सम्बन्धी समस्या कम गराउन मदत गर्दछ ।

११. यसले रगतमा चिनीको मात्रा घटाउन वा सुगर रोगबाट बच्न मदत गर्दछ ।

१२. यसको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ ।

१४. यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ ।

१५. एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।