काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलगायत सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गराउन निर्देशन दिएको हो ।
विद्यालयका व्यावसायिक प्रयोजनका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ । महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले यहाँका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने गरेको पाइएको बताए ।
उनले महानगरभित्र ३७ विद्यालयले सटर भाडामा दिएको जानकारी गराए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र उनीहरूलाई कक्षाकोठा साँघुरो भएको उनले उल्लेख गरे । विद्यालयको स्थान विद्यार्थीका निम्ति नै प्रयोजन गर्ने हेतुले महानगरपालिकाले यो नीति लिएको उनले बताए ।
‘…३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ । सात दिनको म्याद दिएका छौँ, सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘विद्यालयको सम्पत्र् िबालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।’