• मंसिर १३ २०८१, बिहीबार

अमरिकाले मारिदिने डरले गोप्य राखिएका पुटिनका छोरीहरु पहिलोचोटी सार्वजनिक

जेष्ठ २८ २०८१, सोमबार

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू विरलै मात्रै सार्वजनिक रूपमा देखा पर्छन् । तर गएको हप्ता सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा पुटिनका दुवै छोरीहरू सहभागी भएका थिए ।

पूर्व पत्नीबाट जन्मिएका पुटिनकी छोरीहरू हुन् मारिया भोरोन्त्सोभा र केटेरिना तिखोनोभा । ३0 वर्षको वैवाहिक जीवनपछि पुटिनले सन् २०१३ मा पूर्वपत्नी लुडमिलासँग सम्बन्ध विच्छेद गरेका थिए ।

आफ्ना छोरीहरू विज्ञान र शिक्षाको क्षेत्रमा काम गर्ने अनि आफ्ना नाति नातिना पनि भएको पुटिनले बताएका छन् । तर पुटिनले अहिलेसम्म उनीहरूको नाम पुष्टि गरेका छैनन् ।

पुटिनका दुवै छोरी विगतमा पनि पिटर्सबर्गको आर्थिक मञ्चमा सहभागी भएका छन् । तर कान्छी छोरी तिखोनोभा मात्रै वक्ता थिइन् । बिहीबार तिखोनोभ भिडियोमार्फत मञ्चमा सहभागी भएकी थिइन् । तिखोनोभा टेक एक्जेक्युटिभ हुन् ।

उनलाई नेशनल इन्टेलेक्चुअल डेभलपमेन्ट फाउन्डेसनको महानिर्देशकको रूपमा मञ्चमा वक्ताको रूपमा बोलाइएको थियो । तिखोनाभालाई अमेरिका र युरोपले सन् २०२२ मै प्रतिबन्धको सूचीमा राखेका थिए ।

शुक्रवार एउटा प्यानलमा पुटिनको जेठी छोरी मारिया भोरोन्त्सोभा आफै आएकी थिइन् । भोरोन्त्सोभा भने एन्डोक्रिनोलोजिष्ट हुन् । उनी रसियन एसोसिएसन फर प्रोमोशन अफ साइन्सको सदस्यको रूपमा सो कार्यक्रममा सहभागी भएकी थिइन् ।

पुटिनले आफ्ना केही सम्पत्ति परिवारका सदस्यको बैंक खातामा लुकाएर राखेको विश्लेषकहरू बताउँछन् । आफ्ना छोरी र परिवारका सदस्यलाई पुटिनले गुप्त राखेका छन् । यसअघि नै पुटिनले आफ्नी छोरीहरू राजनीतिमा नरहेको र साधारण जीवनयापन गरिरहेको बताएका थिए ।