• असार १३ २०८१, बुधबार

विश्वकै सबैभन्दा ठूलो हीरा- ‘कुलिनान’

जेष्ठ २७ २०८१, आईतवार

सन् १९०५ मा आजकै दिन ९जनवरी २५० मा दक्षिण अफ्रिाकामा विश्वकै सबैभन्दा ठूलो हीरा ‘कुलिनान’ पत्ता लागेको थियो । ट्रान्सभल प्रान्तको प्रिटोरियास्थित खानीमा भेटिएको हीराको नामकरण खानी सञ्चालक सर थोमस कुलिनानको नामबाट गरिएको हो । उक्त हीरा ३ हजार १०६।७५ क्यारेट ९६२१।३५० ग्राम० को हो ।

खानीमा भेटिएपछि कुलिनानले हीरा ट्रान्सभल सरकारलाई बिक्री गरेका थिए । सरकारले पछि बेलायती राजा एडवार्ड छैटौंको जन्मोत्सवमा उक्त हीरा उपहार दिएको थियो । त्यसलगत्तै हीरा अफ्रिकाबाट लन्डन पुर्‍याइएको हो ।

हीरा नेदरल्यान्ड्सको राजधानी आम्टर्डमस्थित ‘हाउस अफ एस्चेर’ का जोसेफ एस्चेरले पालिस गरेका हुन् । १८३३ मा ९७१ क्यारेटको एक्सेल्सर हीरा काटेर पालिस गरेका एस्चेरले ६ महिनाको अध्ययनपछि मात्र कुलिनानलाई टुक्रा पारेका हुन् ।
९ वटा मुख्य तथा अन्य १०५ साना टुक्रामा विभाजित हीराको सबैभन्दा ठूलो टुक्रा ५३०।२१ क्यारेटको छ । कुलिनान–१ ९ग्रेट स्टार अफ अफ्रिका० नामकरण गरिएको हीरा हाल विश्वको सबैभन्दा ठूलो हो । यसको हालको मृत्यु ४० करोड अमेरिकी डलर रहेको छ ।

त्यस्तै, ३१७।४० क्यारेटको कुलिनान–२ दोस्रो ठूलो टुक्रा हो । एडवार्डले राजदण्ड, श्रीपेच तथा अन्य गहना बनाउनका लागि कुलियान–१ र कुलियान–२ को प्रयोग गरेका थिए । यी हीरा अन्य रत्नहरूसँगै हाल बेलायतको ‘टावर अफ लन्डन’ मा राखिएको छ ।एजेन्सी