काठमाडौं । टी-20 विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गरेको छ । डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाएर भेट्टाएको हो ।
बंगलादेशका लागि तौहिद हृदयले सर्वाधिक ४० रनको योगदान दिए । यस्तै, लिटन दास ३६ रन जोड्दा मोहम्मद महमुदुल्लाह १६ रनमा अविजित रहे । यसैगरी, शकिब अल हसनले ८ र कप्तान नजमुल हुसेन सान्तोले ७ रन जोडे । सौम्य सरकार र तास्किन अहमद भने शून्य रनमै पबेलियन फर्किएका थिए ।
श्रीलंकाका लागि नुवान तुषाराले ४, वानिन्दु हसरंगाले २ तथा धनन्जय डी सिल्भा र मथिशा पथिरानाले समान १९१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए ।
धनन्जय डी सिल्भा २१, चरित असालान्काले १९, एन्जिलो म्याथ्युज र कुसल मेन्डिसले १० रनको योगदान दिए । कप्तान वानिन्दु हसरंगा र महेश थेक्षाना भने शून्य रनमै पबेलियन फर्किएका थिए । बंगलादेशका लागि मुस्तफिजुर रहमान र रिशद हसनले समान ३९३ विकेट तथा तस्किन अहमदले २ र तान्जिम हसन साकिबले १ विकेट लिए ।