काठमाडौँ । के तपाई गुगल म्यापको प्रयोग गर्नुहुन्छ ? म्याप हिस्ट्रीबारे चिन्तित हुनुहुन्छ कि ? त्यसो भए तपाईका लागि खुसीको खबर छ । गुगल म्यापको गोपनियतामा झनै राम्रो हुने भएको छ ।
गुगलले अब लोकेसन डाटाबारे नयाँ योजना बनाइरहेको छ । एउटा नयाँ रिपोर्टका अनुसार अब गुगल म्यापमा प्रयोगकर्ताका डेटा स्टोर भएर बस्ने छैन । यसअघि गुगल म्यापको सर्भरमा प्रयोगकर्ताको लोकेसन हिस्ट्री स्टोर भएर बसेको हुन्थ्यो ।
अब सो हिस्ट्री डेटा प्रयोगकर्ताको डिभाइस अर्थात् फोनमा मात्रै भण्डारण हुनेछ । गुगलले यो फिचर यो वर्षको डिसेम्बर १ मा जारी गर्दैछ ।गुगल म्यापले गोपनीयताको लागि यो फिचर ल्याउन लागेको हो । सर्भरमा डेटा स्टोर भएर बस्दा लिक हुने खतरा हुन्थ्यो ।
अनि नेट नभएपछि प्रयोगकर्ताहरूले आफ्नो डिभाइसमा रहेको हिस्ट्री हेर्न सक्नेछन् ।हाललाई यो सुविधा मोबाइल एपमा मात्र जारी गरिनेछ । वेब संस्करणका लागि भने आउने नआउनेबारे कुनै जानकारी दिइएको छैन ।