काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध आयरल्यान्ड ९६ रन बनाएर अलआउट भएको छ ।
बुधबार न्यूयोर्कमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड १५.६ ओभरमा अलआउट भएको हो ।
प्रतियोगिताको समूह ‘ए’मा रहेका दुवै टिमको यो पहिलो खेल हो ।