• मंसिर १३ २०८१, बिहीबार

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

जेष्ठ २३ २०८१, बुधबार

काठमाडाै‌ । कोशी प्रदेश सरकार गठनबारे कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो ।

सरकारलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएको एक महिनासम्म पनि प्रदेशसभाबाट विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पदमुक्त गरेका थिए । कार्कीलाई पदमुक्त गरेर सरकार गठनको प्रक्रिया सुरु गरिएको थियो ।

जसअन्तर्गत हिक्मत कुमार कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसमा विमति जनाउँदै केदार कार्कीले सर्वीच्च अदालतमा रिट दायर गरेका थिए । उनले हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त व्यवस्था प्रदेश सरकार गठनको अन्तिम विकल्प भएकाले आफूलाई हटाउने निर्णय असंवैधानिक रहेको उनको जिकिर छ ।