• मंसिर १३ २०८१, बिहीबार

भारतमा २४० सिटको मतपरिणाम–भाजपा १२२ र कांग्रेस ५३ सिटमा विजयी

जेष्ठ २२ २०८१, मंगलवार

काठमाडौं । भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ । नेपाली समयअनुसार मंगलबार राति ८ बजेसम्म २४० सिटको मत परिणाम सार्वजनिक भएको छ ।

कुल  ५४३ सिटको लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) १२२ सिटमा विजयी भएको छ ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ५३ सिट जित हात पारेको छ । यसैगरी समाजवादी पार्टीले १६ र अल इन्डिया तृणमुल कांग्रेस ६ सिटमा जित निकालेका छन् ।