• आश्विन १३ २०८१, आईतवार

कपाल सिल्की र बलियो बनाउने घरेलु उपाय

जेष्ठ २१ २०८१, सोमबार

कपाललाइ सिल्की र बलियो बनाउने घरेलु उपाय यस्ता छन:

-मनतातो तेलले मसाज

सुख्खा तथा रुखो कपाललाई सिल्की बनाउनका लागि कपाललाई मनतातो तेलले मसाज गर्न पनि जरुरी हुन्छ । किनकी तेलमा पाइने भिटामिन ई र एन्टीअक्सीडेन्ट तत्वले कपाललाई पोषण दिने काम गर्छ । कपाल मसाज गर्नका लागि नरिवल, बदाम आदिको तेलको प्रयोग गर्न सकिन्छ ।

-कपाललाई बाफ दिने

जसरी छालाको स्वास्थ्यको लागि हामीले बाफ लिने गर्छौं त्यसरी कपाललाई पनि बाफ दिनु आवश्यक छ । बाफ लिनाले कपाल स्वस्थ रहन्छ त्यस्तै यसमा चायाँ आदिको समस्या पनि हुँदैन । बाफले कपाललाई मुलायम बनाउँछ र सुख्खापन टाढा भगाउँछ ।

-एलोवेरा र दहीको हेयर मास्क

एलोवेरा शरीर, छालासँगै कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । कपाललाई सिल्की बनाउन एलोवेरा र दहीको हेयर मास्क प्रयोग गर्न सकिन्छ । यो मास्कले कपाललाई पोषण दिने काम गर्छ । यसलाई प्रयोग गर्नका लागि एक चम्चा एलोवेरा जेल, एक चम्चा दही र एक चम्चा महको मिश्रण तयार गर्नुहोस् । अब यो मिश्रणलाई कपाल तथा टाउकोमा लगाएर ५ मिनेट मसाज गर्नुहोस् । १० मिनेट उक्त मास्क त्यत्तिकै रहन दिनुहोस् । त्यसपछि स्याम्पुको मद्दतले सफा पानीले कपाल धुनुहोस् । यसले कपाललाई सुख्खा हुनबाट बचाउँछ ।

-कपाललाई घामबाट जोगाउनुहोस्

यदी तपाईं लामो समय घाममा बस्नुहुन्छ भने पनि कपालमा नराम्रो असर पर्छ । अनुहारमा त हामी सनस्क्रिन लगाउँछौं तर कपाललाई वास्ता गर्दैनौं जसले गर्दा लामो समयमा घामको सम्पर्कबाट पनि कपाल सुख्खा तथा रुखो हुने समस्या हुन्छ । यसका लागि तपाईं कपालमा कुनै सुतिको रुमाल वा पछ्यौरा बाँध्न सक्नुहुन्छ । साथमा तपाईं टोपी लगाएर पनि कपाललाई घामबाट जोगाउन सक्नुहुन्छ ।