• मंसिर १२ २०८१, बुधबार

अवैध रुपमा भन्सार छलि ल्याइएका सामान र कुखुराको चल्ला बरामद

जेष्ठ २० २०८१, आईतवार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका-४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको सामान बरामद भएको छ ।

बच्चाको कपडा, प्लाष्टिकको भाँडाहरु र चिसो गरी अन्दाजी  मूल्य रु.१०,००० र जानकी गाउँपालिका-१ साईगाउँबाट अवैध रुपमा ल्याइएका ब्रोइलर कुखुराको चल्ला १८०० वटा गरी अन्दाजी  मूल्य रु.१,८०,०००  बराबरको अवैध  सामान र चल्ला बरामद गरिएको हो ।

बरामद समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज र पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको छ ।