• मंसिर १३ २०८१, बिहीबार

गृहमन्त्रीले मापसे गरेका व्यक्तिलाई सडकमा उभ्याएको भन्दै कांग्रेसले जनायो विरोध

जेष्ठ २० २०८१, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए ।

सांसद खतिवडाले भने– ‘मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको राम्रो भएपनि कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने बताए ।