• आश्विन १३ २०८१, आईतवार

काक्रा जति स्वादिष्ट, त्यति नै फाइदाजनक

जेष्ठ १९ २०८१, शनिबार

काक्रा जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ। गर्मी मौसममा धेरै रुचाइने काक्रालाई शीतलता प्रदान गर्न मात्र होइन। अनुहारमा र आँखामा चमक ल्याउन सक्छ ।

गर्मी मौसममा काक्रालाई अमृत समान मानिन्छ। काक्रामा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ। काक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी लगाउँदा आँखा वरिपरि भएको कालो दाग हटेर जान्छ।

काक्रामा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले हाम्रो शरीरमा आवश्यक पर्ने पानीको मात्रालाई कायम राख्ने काम गर्दछ। यसका साथै काक्राको प्रयोगले हाम्रो शरीरमा नुन युरियनको मात्रालाई कम गर्न सहयोग गर्दछ।

– काक्राको सेवनले शरीरमा भएको कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ।
– काक्राको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ।
– काक्रामा फाइबर र प्रशस्त मात्रामा पानी पाइने कारण यसको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ।
– फ्रेस काक्राको चानालाई आँखामा दैनिक आँधा घण्टा राख्दा आँखा चम्किलो हुन मद्दत गर्दछ।
– काक्रामा प्रशस्त मात्रामा पोटासियम, सिलिकन र मिनरल्स भएको कारणले शारीरिक विकासका लागि यसको महत्त्वपूर्ण भूमिका रहन्छ।
– काक्रामा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ।
– काक्राको जुस बनाएर खादा मधुमेहका लागि निकै फाइदाजनक मानिन्छ।
– काक्रामा भएको पानीले विषाक्त तत्त्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन मद्दत गर्छ।
– काक्रालाई राम्ररी चपाएर खाँदा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ।
– दैनिक रूपमा काक्राको सेवनले मुखमा रहेका ब्याक्टेरिया नष्ट गरी मुखको गन्ध हटाउँछ।
– काक्राले कब्जियतको समस्याबाट मुक्त गराउँछ।
– मस्तिष्कलाई स्वस्थ राख्नका साथै मस्तिष्कमा कुनै रोग लाग्न दिँदैन।
– काक्रामा भएको भिटामिन ‘के’ ले हड्डीहरू बलियो बनाउँछ।
– पाचनपक्रियालाई बलियो बनाउन मद्दत गर्छ।
– काक्रामा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।