• मंसिर १२ २०८१, बुधबार

आज शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

जेष्ठ १९ २०८१, शनिबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ १९ गते शनिबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।