• मंसिर १३ २०८१, बिहीबार

मन्त्रिपरिषद बैठकले गरेको सिंगापुर भ्रमण बालेनले गरे स्थगित

जेष्ठ १८ २०८१, शुक्रबार

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंगापुर भ्रमण स्थगित गरेका छन् ।
मन्त्रिपरिषदको बैठकले भ्रमणको लागि स्वीकृती दिइसकेपछि बालेनले भ्रमण रद्द गरेका हुन् ।

२० देखि २२ जेठसम्म सिंगापुरमा हुन लागेको नवौं वल्र्ड सिटी समिटमा भाग लिनका लागि बालेनले मन्त्रिपरिषदको स्वीकृति माग गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उनको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
तर मेयर बालेनले भने नजाने निणर्य लिएका छन् । ‘बजेट आउने बेला भयो, अहिले कार्यव्यस्तताले भिजिट क्यान्सिल गरेका हौं । यो पटक सिटी समिटमा महानगरबाट कोही पनि जाँदैनन्,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।