• मंसिर १३ २०८१, बिहीबार

जनमत पार्टीको नेतृत्वमा मधेसमा सरकार बनाउने तयारी

जेष्ठ १७ २०८१, बिहीबार

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिुनुअघि नै मुख्मन्त्रीमा दाबी पेस गर्ने केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले निणर्य गरेका छन् ।

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले पाँच दलबीच जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको जनाकारी दिए ।

उनका अनुसार केन्द्रीय गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी), जनमत, एकीकृत समाजवादीले जनमतको नेतृत्वमा सरकार बनाउने तयारी गरेका हुन् । यो गठबन्धनमा केन्द्रमा प्रतिपक्षमा रहेको दल लोसपा नेपाल पनि सहभागी हुने उनले जानकारी दिए ।

‘मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि हामी हस्ताक्षर बुझाउन प्रदेश प्रमुखकोमा जान्छौँ । सम्भवतः भोलि नै बहुमत दाबी पेस गर्छौं,’ उनले भने ।

१०७ संसदीय मधेस प्रदेशसभाबाट सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, जनमत र लोसपा मिल्दा पनि आवश्यक बहुमत ५४ पुग्छ ।

राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीसँग १-१ सिट छ । तीमध्ये नागरिक उन्मुक्ति र संघीय समाजवादीलाई पनि मिलाउने तयारी रहेको उनले बताए ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले पनि दलहरूबीच सहमति भएको र भोलि दाबीसहित प्रदेश प्रमुखकोमा जाने तयारी भएको बताए ।
‘हामी भोलि दाबीसहित प्रदेश प्रमुखकोमा जान्छौँ । हामीले गठबन्धनमा सहभागी हुन लोसपालाई पनि अनुरोध गरेका छौँ,’ उनले भने ।