• मंसिर ११ २०८१, मंगलवार

आरामदायी निद्राको लागि १० उपाय

जेष्ठ १७ २०८१, बिहीबार

१. उल्लेखित कारणहरु केलाएर आफ्नो निद्राको समस्या   किन भइरहेको छ पत्ता लगाउने।
२. सकेसम्म ती कारणहरुबाट बच्ने अर्थात् आफ्नो जीवनशैली परिवर्तन गर्ने।
३. रातिको खानापछि केही समय टहल्ने, हिँड्ने।
४. राति सुत्नुअघि चिसो पानीले अनुहार, हात, गोडा धोएर तेलले हल्का मालिस गर्ने।
५. टाउकोमा, कानको वरिपरि तेलले मालिस गर्ने।
६. सकेसम्म रातको १० बजे सम्ममा सुत्ने कोशिस गर्ने।
७. सुत्नुअघि मोबाइल, कम्प्युटरको प्रयोग नगर्ने।
८. सकारात्मक सोचको विकास गर्ने।
९. सुत्नुअघि सुन्दर दिनको लागि आभार प्रकट गर्ने।
१०. दिनभरि आफूले गरेका राम्रा कामहरु सम्झने।