• असार १३ २०८१, बुधबार

दुई महिनामा मङ्गलमा मानिस !

जेष्ठ १७ २०८१, बिहीबार

वैज्ञानिकहरूले मङ्गल ग्रहलाई पृथ्वीको वैकल्पिक ग्रहका रूपमा लिन छाडेका छैनन् । सुदूर भविष्यका कुरा भए पनि मङ्गल ग्रहमा मानिसको बस्ती बसाउने सोच र योजना कायमै छ । अमेरिकी अन्तरीक्ष प्रशासन नासाले मानिसलाई मङ्गल ग्रहमा पठाएरै छाड्ने उद्घोष गरेपछि यसले अझैं आशा जगाएको छ ।

२ वर्षको लामो यात्रा तय गरेपछि मंगल ग्रहमा पुग्न सकिने गरी नासाले तयारीको थालनी गर्ने भएको छ । यसका लागि छोटो समयमा निकै धेरै दुरी पार गर्नसक्ने यान वा रकेटको आविष्कार हुनुपर्छ । सबै ग्रहहरूले सूर्यलाई परिक्रमा गर्ने भएकाले मंगल ग्रहसँगको दुरी पृथ्वीबाट कहिले टाढा त कहिले नजिक हुन जान्छ । मङ्गल ग्रह नजिक भएका बेलामा यदि पृथ्वीबाट मङ्गल ग्रहमा पुग्न द्रुत गतिको रकेटमार्फत् २२ देखि २४ महिना लाग्ने अनुमान गरिएको छ ।

यसका बारेमा बहस चलिरहेको छ । पृथ्वीबाट हिँडेको २ वर्षपछि मात्र मंगल ग्रहमा पुगिने हो भने त्यहाँ मानव बस्ती संभव नहुने तर्क पनि गरिँदै आएको छ । मङ्गलमा वस्ती बसाउने योजना काल्पनिक र अपत्यारिलो भन्न थालिएको छ । कुरा त यतिसम्म पनि हुन गएको छ कि मङ्गल ग्रह साच्चिकै निकै टाढाको दुरीमा रहेको र मानव अनुकूल नभएको स्पष्ट भइसकेको छ ।

तथापि अमेरिकी अन्तरीक्ष संस्था नासाले भविष्यमा एउटा यस्तो खालको रकेट बनाउने र मानिस पठाएर छाड्ने योजना तयार गरिरहेको छ । यसले २ वर्षको लामो यात्रालाई निकै छोट्याएर केवल २ महिनामै पुर्‍याउने गरी सोच्न थालिसकेको छ ।

हाल अमेरिकी अन्तरीक्ष संस्थाको सोचमा ‘पल्स्ड प्लाज्मा’ नाम गरेको रकेट यसका लागि तयार गरिने भएको छ । यसको प्रपल्सन प्रणाली निकै आधुनिक हुने विश्वास गरिएको छ । हाइ स्पेसिफिक इम्पल्समा उडान भर्नेछ यसले । रकेटको इन्जिनलाई शक्ति प्राप्त भइरहने बनाइएपछि यसले अन्तरिक्ष यात्रीहरुलाई २ महिनामा मङ्गल ग्रहमा पुराउने छ ।

छोटकरीमा पिपिआर भनिने यो रकेटमा आणविक फ्युजन प्रणाली जडित हुने तथा यसैको आणविक उर्जाबाट रकेट चल्नेछ । यो यति बलियो हुने छ कि यसले अन्य ठूला यानलाई बोकेर अन्तरीक्षमा पु¥याउने छ । खगोलीय कस्मिक किरणबाट बचाउने क्षमता पनि भएको यो यान अबको लक्ष्यमा रहेको छ ।