सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानका नेता कुमाख निवासी भीम भारतीले ६ हजार ९० मिटर उचाइको लोबुचे पिक हिमालको सफल आरोहण गरेका छन् ।
ढिलाेगरी प्राप्त समाचार अनुसार उनको समूह वैशाख १० गते विहान ८ बजेर ४५ मिनेट जाँदा लोबुचे हिमालको चुचुरोमा पुगेको हो । सो हिमाल सगरमाथा राष्ट्रिय निकुञ्जमा रहेको छ । पार्टीको ‘सी जाति, सी संस्कृति र सी सपना’ अभियानसहित कम्युनिष्ट पार्टीको हिरक जयन्तीका दिन हिमाल चढेको भारतीले जानकारी दिए ।
उनका अनुसार बिहान २ बजे उच्च शिविरबाट यात्रा शुरुभएको थियो । चुचुरोमा पुगेर त्यही शिविरमा फर्किंदा साँझ पाँच बजेको थियो । लगातार १५ घण्टा हिड्नुपरेको उनले बताए ।
सबै टिम सकुशल आधार शिविरतर्फ फर्किएको उनको भनाई छ । आरोहण दलमा तीनजना ब्रिटिस नागरिक र भारतीसहित दुईजना सहयोगी शेर्पा थिए । एकजना ब्रिटिस नागरिक भने दृष्टिविहीन थिए ।
भारतीले चुचुरोमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले लेखेको नेपाली विशेषताको समाजवाद र भारतीले सम्पादन गरेको सल्यान जिल्लाको मुखपत्र ‘नयाँ खबर’ त्रैमासिक पत्रिका देखाएर फोटो खिचेका थिए ।