• असार २० २०८१, बुधबार

राप्ती प्याब्सनमा निबन्ध प्रतियोगिता

जेष्ठ १५ २०८१, मंगलवार

दाङ, १५ जेठ ।
राप्ती प्याब्सनको आयोजनामा अन्तर विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । १७औँ गणतन्त्र दिवसको अवसरमा राप्ती प्याब्सनले अन्तर विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।

आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी राप्ती प्याब्सनले आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूबिच निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।प्रतियोगितामा आधारभूत तहतर्फ गोरखा आइडियल स्कुलका आदर्श थापा प्रथम, सिरिन भ्याली स्कुलका रमिता चौधरी द्वितीय र गोरखा आइडियल स्कुलका नम्रता चौधरी तृतीय भएका थिए ।

त्यस्तै मावितर्फ गोल्डेन फ्युचर स्कुलका अनु चौधरी प्रथम, लिटल एन्जल स्कुल राप्तीका श्रीकृष्ण पाण्डे तथा दीपज्योति बोर्डिङ स्कुलका गरिमा चौधरी द्वितीय र सिरिन भ्याली स्कुलका सुवास गिरी तृतीय भएका थिए । राप्ती प्याब्सनका अध्यक्ष शोभाखर भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव दुर्गा भुसालले गरेका थिए ।