सलाद – सलादमा ९५ प्रतिशत पानी हुने र प्रोटिनको मात्रा पनि बढी हुनु अनि सलादमा ओमेगा ३ फाइबर र क्याल्सुीयम समेत पाइने भएकोले गर्मीमा सलाद खानु अत्यन्तै उत्तम मानिन्छ । स्लादमा फाइबरको मात्रा बढी हुने भएकोले यसले पाचनतन्त्रमा पनि सहयोग गर्छ ।
ब्रोकाउली – ब्रोकाउलीमा ८९ प्रतिशत पानी हुन्छ । यसले तपाईलाई गर्मीबाट बचाउन मद्दत गर्दछ ।
स्याउ – स्याउमा ८९ प्रतिशत पानी हुन्छ । स्याउ फाइबर, भिटामीन र धेरै मात्राका अन्य पोषकतत्वको राम्रो स्रोत मानिन्छ । त्यस्तै अनारले पानीको मात्रा पुरा गर्न सहयोग गर्दछ ।
चामलको भात – मानिसको स्वास्थ्यका लागि भात भन्दा बढी रोटी फाइदाजनक मानिन्छ । तर, स्वास्थ्यविज्ञहरूका अनुसार गर्मीमा भात पानीको राम्रो स्रोत मानिन्छ । भातले शरीरमा पानीको मात्रा पुरा गर्न सहयोग गर्दछ । भातमा आइरन, कार्बोहाइड्रेट र अन्य तत्व प्रचुरमात्रामा पाइन्छ ।
दही – गर्मीमा पानीको कमि पुरा गर्नका लागि दही अत्यन्तै फाइदाजनक मानिन्छ । दहीमा ८५ प्रतिशत पानीको मात्रा हुन्छ ।
हरिया तरकारीहरू – गर्मीको मौसममा लौका, करेला, फर्सी, काँक्रा, परवल, भिंडी र सागसब्जीहरू भान्सामा बढी प्रयोग गर्नुहोस ।
विशेष ध्यान दिनुहोस– गर्मीका कारण विभिन्न रोगको संक्रमण बढ्ने खतरा हुन्छ । त्यसकारण सरसफाइमा बिशेष ध्यान दिनुहोस् । गर्मीका बेला धेरै समय बाहिर नरहनुहोस् । शरीरमा पानी कम हुन नदिन बिशेष ध्यान दिनुहोस् ।