• फाल्गुन २७ २०८१, मंगलवार

दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी संक्रमण

जेष्ठ १४ २०८१, सोमबार

काठमाडौं । नेपालमा करिब २ लाखको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजिटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो ।

सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ । गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रमा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६) संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।