काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । आइतबार संसद बाहिर सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरे ।
उनले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिएको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे ।
उनले गृहमन्त्रीले काम गर्न संंसद कुर्नु नपर्ने बताए । उनले सहकारी छानबिन समिति पनि तत्काल बनाएर काम गर्न आग्रह गरे ।