कास्की । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पोखरामा टायर बालेर प्रदर्शन गरेको छ ।
बिहीबार साँझ नेविसंघले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको गेटमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।
उनीहरूले गृहमन्त्री लामिछानेको पुतला पनि दहन गरे ।
गृहमन्त्री राजीनामा दे, गृहमन्त्री मुर्दावाद, सहकारी ठगलाई कारबाही गर्, जीबी राई कहाँ छ रवि दाइलाई थाहा छ, भ्रष्ट सरकार मुर्दावादलगायत नारा उनीहरूले लगाएका थिए ।
प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच ढुङ्गा हानाहान भएको छ ।