• मंसिर १३ २०८१, बिहीबार

संसद्को गतिरोध खोल्न सहयोग गर्न ज्ञानेन्द्र शाहीलाई सभामुखको आग्रह

जेष्ठ १० २०८१, बिहीबार

काठमाडौँ ।  संसदको गतिरोध खुला हुने देखिएको छैन । सत्तापक्षले मार्सल लगाएर संसद बैठक नियमित गरिरहेको छ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने अडान कांग्रेसले राखेको छ ।

सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न पहल गर्दै आएका छन् । उनले बिहीबार राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई छलफलमा बोलाएका थिए ।

छलफलका क्रममा शाहीलाई सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न भूमिका खेल्न आग्रह गरेका थिए ।