• मंसिर ११ २०८१, मंगलवार

बुद्धको ज्ञानले मानिसलाई शान्ति र प्रगतीको मार्गमा हिँड्न सिकाउँछ : बौद्ध धर्मगुरु घिसिङ

जेष्ठ १० २०८१, बिहीबार

काठमाडौं । बौद्ध धर्मगुरु सूर्यकुमार घिसिङले गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा एक सन्देश जारी गर्दै शान्ति र प्रगतीको बाटोमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

आफ्नो सन्देशमा धर्मगुरु घिसिङले आज संसारमा स्वार्थको लागि मारकाट चलिरहेको भन्दै स्वार्थ त्यागेर प्रगतीको बाटोमा लाग्नु नै आजको मानव जातिको लागि उत्तम मार्ग भएको बताएका छन् ।

आज पर्न गएको २५६८औं बुद्ध जयन्तीको अवसरमा उनले एक सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु समेत बैसाख शुक्लपूर्णिमाकै दिन पर्नु संयोग भएको बताएका छन् ।

धर्मगुरु घिसिङको शान्तिको सन्देश :
‘माता मायादेवीले सेतो हात्ती पेटमा प्रवेश गरेको सपना देख्नु । त्यसपछि २ महिनापछि गर्भधारण हुनु । बैसाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको जन्म हुनु । बैसाख पूर्णिमाकै दिन उनले ज्ञान प्राप्त गर्नु र बैसाख पूर्णिमाकै दिन बुद्धको महापरिनिर्माण (मृत्यु) हुनु । यो घटनालाई त्रिसंयोग भनिन्छ । बुद्धका १२ लिलामध्ये यी ४ लिला हुन् । बुद्धको महापरिर्माणको १ महिनापछि हालको भारतको कुसिनगरमा दाहसंस्कार गरिएको थियो । बुद्धले संसारलाई सत्य, न्याय र अहिंसाको मार्ग सिकाएका छन् । आज २५६८औं जन्मजयन्ती हो । आज संसार भर स्वार्थका लागि हत्या र आतंक चलिरहेको यस सन्दर्भमा गौतम बुद्धका जीवनमुखी सन्देश र सत्य ज्ञानहरुको महत्व झन बढिरहेको छ । त्यसैले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरु लगायत सबै मानव समुदायमा शान्तिको मार्गमा लाग्ने र प्रगतीको पथमा अगाडी बढ्ने क्षमताको विकास हवस् । यही कामना व्यक्त गर्दछु ।’