• मंसिर १३ २०८१, बिहीबार

कांग्रेसले अब रवि लामिछानेकाे राजीनामा पनि माग्ने

जेष्ठ ९ २०८१, बुधबार

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्ने सम्भावना बढेको छ ।

यसअघि सहकारी प्रकरणमा उनीमाथि संसदीय छानबिन गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले अब उनको राजीनामाको विषयलाई पनि माग बनाउने देखिएको छ ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकको एजेन्डामै लामिछानको राजीनामा माग्ने विषय परेको छ ।

पार्टी मुख्यालय सानेपामा जारी संयुक्त बैठकमा सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन समिति, उनको राजीनामा र सभामुख देवराज घिमिरेको भूमिकाबारे छलफल हुँदै छ । साथै, सहकारी बचतकर्ताको रकम फिर्ता गराउने एजेन्डा पनि बैठकमा पेस गरिएको छ ।