नियमित स्वस्थ खानपान गर्ने
नुन तथा चिल्लो पदार्थ कम खाने
बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने।
दैनिक आधा घण्टा देखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने।
मद्यपान तथा धुम्रपान सेवन नगर्ने,
स्वास्थ्य परीक्षण गर्ने
रक्तचापको मापन लगायत रगतमा सुगर तथा कोलस्ट्रोलको मात्रा परीक्षण गराउने बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझावअनुसार औषधी सेवन गर्ने।
पारिवारिक सावधानी अपनाउने, परिवारमा कम उमेरमै मुटुरोग देखिएमा बाँकी सदस्यहरुले नियमित परीक्षण तथा थप सावधानी अपनाउने।
शरीरको तौल नियन्त्रनमा राख्ने र तनावहित रहने वातावरण बनाउने, तथा सकारात्मक सोच राख्ने र थप सुझाबको लागि सम्बन्धीत चिकित्सकसँग परामर्श गर्ने।
हृदयघातका कारण विश्वमा १ करोड ७५ लाख मानिसको हरेक बर्ष मृत्यु हुने गर्दछ। हाल नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गैरहेको छ।
विभिन्न उपचार पद्धतीका तथा औषधीको बाबजुत हृदयघात भैसकेपछि मृत्युदर अझै नै उच्च नै छ तसर्थ रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस महारोग सम्बन्धी न्युनतम जानकारी राख्ने तथा मुटुरोगको जोखिम बढी भएका ब्यक्तिहरुले नियमित परिक्षण गराउने माथि उल्लेखित लक्षणहरुको केही सङ्का भएमा तुरुन्त अस्पताल गई परिक्षण गर्नु पर्दछ।
-(डा लम्साल मुटु रोग विशेषज्ञ हुन्)