• मंसिर १३ २०८१, बिहीबार

सञ्चारमाध्यमलाई दबाबमा राख्ने काम निन्दनीय हो : एकीकृत समाजवादी

जेष्ठ ८ २०८१, मंगलवार

काठमाडौं  : नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयास निन्दनीय भएको बताएको छ । पार्टीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै कान्तिपुर मिडिया  ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनाले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको बताएका छन् ।

‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पकाउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।