• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री दाहालसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, हेर्नुहाेस् सूची

जेष्ठ ८ २०८१, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्रीको भरतपुर महानगरपालिका-१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दाहालको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको विवरणमा उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निणर्य गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसीना खान बाहेक मन्त्रिपरिषद्का अन्य सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।
हेर्नुस् कुन मन्त्रीको कति सम्पत्ति :