समृद्ध देश बन्दछ भनि गर्दथे भाषण
गरिवको चुलो बल्दैन आगो छैन लौ रासन
जेतन्त्र यहाँ आयता पनि छाप्रोमा आएन
गरिव माथि हेरिने दृष्टि फरक भएन ।
सदन भित्र वाकयुद्ध हुन्छ जमाए अखडा
कुर्चीको निम्ति श्रद्धेय नेता झिक्दछन् बखेडा
पदको निम्ति हत्ते नै हाल्ने नेता पो पाइयो
यो देशलाई उकास्न अब एकता चाहियो ।
घुमेर हेरौं बिकट बस्ती गएर गाउँमा
भोका र नाङ्गा देखिन्छ बढी दुर्गम ठाउँमा
च्यातेर हेर्दा बहिर देखिने खरको भित्तो छ
पकाई खान सामान छैन भाँडो नै रित्तो छ ।
गरिवलाई के चाडपर्व सधै नै यस्तै हो
गरेर खान इलम छैन जीवन धौ-धौ भो
जनता हामी पुकार गर्छौं यही छ चाहना
भोका र नाङ्गा नदेखौं अब गर्दछौं कामना ।