• मंसिर १३ २०८१, बिहीबार

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी

जेष्ठ ८ २०८१, मंगलवार

काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । यता,

नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिटमा गत २५ वैशाखमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।