कंगो । अफ्रिकी मुलुक कंगोमा सत्ता ‘कू’ गर्न राष्ट्रपति भवनमा आक्रमण गर्ने तीन अमेरिकीसहित ५० जनालाई पक्राउ । अमेरिकीहरुको उक्त प्रयास असफल पारिएको त्यहाँको सेनाले जनाएको छ ।
उक्त आक्रमण स्वनिर्वासित विपक्षी नेता क्रिस्चियन मलंगाले स्थानीय समय अनुसार बिहान ४ बजे सुरु गरेको जनाइएको छ । मलंगा त्यसक्रममा मारिएको कंगोको सेनाले जनाएको छ ।
मलंगाका छोरासहित तीन अमेरिकी नागरिकलाई पक्राउ गरिएको सेनाको भनाइ छ । पक्राउ परेकासँग सेनाले सोधपुछ गरिरहेको जनाइएको छ । न्युयोर्क टाइम्सबाट ।