• फाल्गुन २८ २०८२, बिहीबार

संसदीय समितिको कार्यादेशमा सहमति नभएसम्म संसद बैठक नचलाउन विपक्षी दलहरूको आग्रह

जेष्ठ ६ २०८१, आईतवार

काठमाडौं । विपक्षी दलहरूले संसदीय समितिको कार्यादेशमा सहमति नभएसम्म संसद बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् ।
आइतबार बिहान बसेको विपक्षी दलहरूको बैठकपछि उनीहरूले सभामुख देवराज घिमिरेले यस्तो आग्रह गरेका हुन् । विपक्षी दलहरूको बैठकपछि त्यसको निर्णयबारे जानकारी दिन सांसद ज्ञानेन्द्र शाही सभामुखको कार्यकक्षमा पुगेका थिए ।
विपक्षीहरूको यस्तो आग्रहपछि संसद बैठक तत्कालका लागि अनिश्चित भएको छ । यसअघि विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएको बताइएको थियो ।

राप्रपाका सांसद बुद्धि तामाङले भनेका थिए, ‘हामी उहाँ (रवि लामिछाने) लाई सदनमा कुरा राख्न दिन्छौँ । जवाफ चित्त बुझे संसद अगाडि बढ्छ नत्र प्रधानमन्त्रीले लिने विश्वासको मत समेत प्रभावित हुनसक्छ ।’

उता संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको जारी बैठकमा कांग्रेसका दुई जना नेता थपिएका छन् । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा गिरीका साथै कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल सहभागी थिए । अहिले कांग्रेस नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक थपिएका छन् ।