• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत हाे : नेता काेइराला

जेष्ठ ५ २०८१, शनिबार

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गरेका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाइरहँदा कांग्रेसले बोल्न दिने कुरामा सहमत गरेको जिकिर गरे ।

बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडानपछि लामिछानेले बोल्न नचाहेको नेता कोइरालाको भनाइ छ ।

उनले लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने नेता कोइरालाले बताए । उनले लामिछाने आफैले संसदमा उभिएर आफूमाथि लागेको सहकारी गठी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने उल्लेख गरे ।

नेता कोइरालाले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि बताए ।