• मंसिर १३ २०८१, बिहीबार

वर्तमान राजनीतिलाई नजिकबाट नियालिरहेका छौं : माधव नेपाल

जेष्ठ ५ २०८१, शनिबार

काठमडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालिरहेको बताए ।
शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामीहरू त खाली, तमासा हेरेर मात्रै बस्ने मान्छे पर्यौं,’ उनले भने ।

यस्तो अवस्थामा राजनीति कतातिर जान्छ भन्ने चिन्ता लागेको पनि अध्यक्ष नेपाले बताए । यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं । नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस्, उनले भने ।