• मंसिर १३ २०८१, बिहीबार

संसद अवरोध गरिरहेको कांग्रेस संसदीय दलको बैठक बस्दै

जेष्ठ ४ २०८१, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको कांग्रेसले आज शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको सांसद प्रतिमा गौतमले जानकारी दिइन् ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ ।