काठमाडौं । कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न गठन हुने भनिएको संसदीय छानबिन समितिको मस्यौदा प्रधानमन्त्रीलाई पठाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई बोल्न दिन र त्यसपछि छानबिन समिति बनाउन तयार रहेको सन्देश कांग्रेसलाई पठाएपछि कांग्रेसले पनि मस्यौदा पठाएको हो ।
सिंहदरबारमा कांग्रेसले अनौपचारिक छलफल गरेपछि मस्यौदा प्रधानमन्त्रीलाई पठाएको कांग्रेस नेता तथा सांसद रामहरि खतिवडाले जानकारी दिए । उनले रवि संलग्न रहेको भनिएका सहकारीबारे छानबिन गर्ने लगायतका विषय समेटेर मस्यौदा बनाइएको छ । तर प्रधानमन्त्रीका तर्फबाट जवाफ भने आइनसकेको खतिवडाले बताए ।
अहिले कांग्रेस नेता तथा सांसदहरू संसद भवन पुगेका छन् । संसदको विपक्षी दलको नेताको कार्यकक्षमा कांग्रेस सभापतिलगायत शीर्ष नेताहरू आन्तरिक छलफलमा छन् ।