काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले प्रारम्भिक बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।
‘शैक्षिक अवसर सबैलाई बराबर’ नारासहित चापागाईँ बिहान १० देखि बेलुकी ५ बजेसम्म निरन्तर उभिएर धर्ना दिने युनियनले जनाएको छ । अध्यक्ष चापागाईँले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’, ‘शैक्षिक अवसर सबैलाई बराबर’ हुनुपर्ने बताएका छन् ।
साथै उनले बालविकास शिक्षा सुधार, बालविकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको पेसागत सेवासुविधा, कम्तीमा स्नातक योग्यता कायम गरी योग्यताअनुसारको तलब, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्न माग गरेका छन् ।