चिकित्सकहरुमात्र नभएर खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो हानिकारक हुन्छ भन्ने बारेमा मानिसहरु जानकार हुँदैनन् । यसले पनि स्वास्थ्यमा जोखिम निम्त्याउँछ ।
– मुटु रोगको खतरा
रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ ।
– गुदद्वारको क्यान्सर
रातो मासु खाने मानिसमा गुदद्वारको क्यान्सर हुन सक्छ । सम्भावित क्यान्सरबाट बच्न विज्ञले रातो मासुको सट्टा माछा खान सुझाएका छन् ।
– मधुमेहको कारक
रातो मासु मधुमेहसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत बढि हुने विज्ञहरु बताउँछन् ।
– युरिक एसिड
रातो मासुमा चिल्लो बढी हुन्छ, जसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।