• मंसिर ११ २०८१, मंगलवार

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

जेष्ठ १ २०८१, मंगलवार

काठमाडौं  : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले वादी प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेको हो।

अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार दुवै पक्षको बहस सकिएकाले हेर्दाहेर्दैमा राखिएको हो । पेसीले भोलि निरन्तरता पाउने उनको भनाइ छ ।