• मंसिर १३ २०८१, बिहीबार

प्रतिपक्षी बेन्चमा बस्छौं तर कोशी मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन्छौं : एकीकृत समाजवादी

बैशाख ३१ २०८१, सोमबार

काठमाडाै‌ । नेकपा (एकीकृत समाजवादी) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कार्कीले सोमबारको प्रदेश सभा बैठकमा विश्वास मत प्रस्ताव राखेका छन् ।

उक्त प्रस्तावको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद कमल जवेगुले आफूहरू सरकारमा नभए पनि मुख्यमन्त्रीलाई विश्वास मत दिने बताए। ‘यो सरकारबारे विवाद अदालतमा रहेको र सुनुवाइको मिति नै तोकिएको बेला विश्वासको मत लिन किन हतार गरियो ?,’

उनले भने, ‘प्रदेश सरकार कसरी बनाउने भन्ने विवादमा अन्ततः हामीले भनेकै बाटोबाट सरकार बन्यो । हाम्रो चासो प्रक्रियामा नै थियो ।’ उनले एकीकृत समाजवादी गठबन्धनमा हुनुको नाताले मुख्यमन्त्रीलाई विश्वास मत दिने बताए ।

‘हामी विश्वासको मत दिन्छौं । तर हामी सरकारमा सामेल नभएका कारण हामी प्रतिपक्षी बेन्चमा बस्नेछौं,’ उनले भने । कोशीमा एकीकृत समाजवादीका चार जना सांसद छन् ।

मुख्यमन्त्रीले विश्वास मत प्रस्ताव राख्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू भने प्रदेश सभा बैठकमै अनुपस्थित रहेका छन् ।